जोडिनुहोस
  • होमपेज
  • बालेनसँग रिसाए कृषक, फोहरका गाडी तीनपिप्लेमा रोकिए !

बालेनसँग रिसाए कृषक, फोहरका गाडी तीनपिप्लेमा रोकिए !

काठमाडौं । काठमाडौंको बालाजु माछापोखरीमा काठमाडौं महानगरपालिकाले तरकारी बजार हटाएपछि बन्चरेडाँडामा फोहर लैजाने गाडीलाई तीनपिप्लेका स्थानीयले अवरोध गरेका छन् ।

महानगर प्रहरीले आज बिहानै माछापोखरी सडकमा लस्करै उभिएर तरकारी बजार लगायत सार्वजनिक यातायातमा अवरोध गरेपछि तीनपिप्लेका किसानले बिरोध गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले बालाजु माछापोखरी क्षेत्रको बाइपास सडक किनारमा तरकारी व्यापार गर्दै आएका साना किसान र व्यवसायीलाई आज बिहान हटाएको थियो ।

बिहान ४ बजेदेखि ७ बजेसम्म डोको, खर्पन र झोलामा तरकारी बोकेर जीविका चलाउने व्यापारीहरूलाई हटाउन नगर प्रहरीले सडक खाली गराएको हो । यस क्रममा सार्वजनिक सवारी आवागमन समेत अवरुद्ध भएको थियो ।

सडक किनारमा बसेर व्यापार गर्दा सवारी आवागमनमा समस्या हुने भन्दै नगरले कडाइ गरेको हो । व्यापारीलाई हटाउने प्रयास गर्दा माछापोखरी क्षेत्र हुँदै सञ्चालन हुने सार्वजनिक सवारी सेवा प्रभावित भएको थियो।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия