जोडिनुहोस
  • होमपेज
  • नेपाली दूतावासले किट विश्वविद्यालयका प्रतिनिधिसँग छलफल गर्‍यो

नेपाली दूतावासले किट विश्वविद्यालयका प्रतिनिधिसँग छलफल गर्‍यो

भारतमा रहेको नेपाली दूतावासले ओडिसा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको घटनालाई लिएर विश्वविद्यालयसँग छलफल गरेको छ ।

आज बिहान किटका प्रतिनिधिलाई दूतावासमै बोलाएर छलफल गरिएको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । किटमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत वीरगञ्ज स्थायी घर भएकी १८ वर्षीय नेपाली विद्यार्थी प्रिसाको शव होस्टेलको कोठामा फेला परेको थियो ।

घटनाको बारेमा जानकारी पाउने बित्तिकै दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलगायत भारतको केन्द्रीय सरकार एवम् ओडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क एवम् समन्वय भइरहेको जनाएको छ ।

नेपाली विद्यार्थी मृत फेला परेपछि परराष्ट्र मन्त्रालयले पनि छानबिनका लागि कूटनीतिक पहल थालेको छ । यसैबीच भारतीय विदेश मन्त्रालयले विज्ञप्ती निकालेर प्रिसाप्रति शोक व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ ।

ओडिसा राज्य सरकारले दिवंगत विद्यार्थीको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको र प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तीमा उल्लेख छ । यसअघि गएको फागुनमा किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला पर्नुभएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV