जोडिनुहोस
  • होमपेज
  • नीति तथा कार्यक्रममा नयाँपन देखिएन ; रास्वपा

नीति तथा कार्यक्रममा नयाँपन देखिएन ; रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै नयाँपन नल्याएको दाबी गरेका छन् ।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘नीति तथा कार्यक्रमले खासै केही नयाँपन देखिएन । यो अत्यन्तै सरकार थाकेर, हारेर कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन,’ उनले भने ।

पछिल्लो केही दशकदेखि सुनेका कार्यक्रमको निरन्तरता अहिले पनि देखिएको उनले बताए । ‘०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो । तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन,’ उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका