जोडिनुहोस
  • होमपेज
  • विद्युत् प्राधिकरणको श्वेतपत्र सार्वजनिक, अझै केही वर्ष बिजुलीको आयात हटाउन नसकिने

विद्युत् प्राधिकरणको श्वेतपत्र सार्वजनिक, अझै केही वर्ष बिजुलीको आयात हटाउन नसकिने

नेपाल विद्युत् प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गरेको छ । पदबहाली गरेको एक महिनाभित्रै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै विद्युत‍्को पहुँच पालिकाको हिसाबले ९७ दशमलव ५ प्रतिशत पुगेको जानकारी दिनुभयो । त्यस्तै वडाका हिसाबले ९५ प्रतिशत विद्युत् पहुँच पुगेको छ । घरसंरचनाका आधारमा पहुँच ९१ दशमलव ४ प्रतिशत पुगेको छ ।

फागुन मसान्तसम्म आन्तरिक माग २ हजार ३ सय ३७ मेगावाट रहेको छ । यो आर्थिक वर्षको अन्त्यसम्म त्यस्तो माग २ हजार ४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण छ ।

कार्यकारी निर्देशक शाक्यले माग र आपूर्तिको असन्तुलनले वर्षायामको बिजुली खेर गएको र सुक्खायाममा बिजुलीको माग बढिरहेको हुँदा पूर्णरूपमा आपूर्ति गर्न नसकिएको बताउनुभयो । आउँदा दिनमा पनि यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिने उहाँको भनाइ छ ।

शाक्यले आउँदा दिनमा पनि भारतबाट हुने बिजुली आयात शून्य नहुने बताउनुभयो । अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष नसकिने उहाँको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका