
एशियन गोजुरियो कराते फेडेरेशन बोर्डमा नेपालका तर्फबाट खेलाडी डा. तिलु राना मनोनित हुनुभएको छ ।
बोर्डमा मनोनित डा. रानाले अन्तराष्ट्रिय रेफ्रिको भूमिका समेत निर्वाह गर्दै आउनु भएको छ । गत २४/२५ मे मा श्रीलंकामा डा. राना सहित प्रतिस्पर्धाका लागि तीन जना खेलाडी पुगेकोमा तीनै जनाले गोल्डमेडल प्राप्त गरेका थिए । डा. राना राष्ट्रिय रत्न सम्मान २०२५ बाट सम्मानित हुनुका साथै अन्तराष्ट्रिय अवार्ड प्राप्त खेलाडी समेत हुनुहुन्छ ।
भारतको कोलकातामा जन्मिएकी रानाले ११ वर्षको उमेरदेखिनै खेल्दै आउनु भएको हो । बक्सिङबाट खेल क्षेत्रमा प्रवेश गर्नुभएकी रानाले आफ्नो परिचय भने कराँतेमा बनाउनु भएको छ । खेल क्षेत्रमा रानाले थुप्रै गोल्डमेडल समेत प्राप्त गर्नुभएको छ ।
वैवाहिक जीवनमा बाँधिएपछि र छोराछोरी जन्मिएपछि उनको कराँते करियर सोचेअनुरुप बढ्न सकेन । तैपनि तिलु आज स्पोर्ट ट्रेनर, बक्सर, एमएमए, योगा, जुम्बा, एरोविक्स आदि क्षेत्रमा प्रशिक्षकका रूपमा समेत उभिनु भएको छ । खेल जीवनमा मात्र नभएर तिलुले ब्युटी प्याजेन्ट मिस एण्ड मिसेस युनिभर्सल अफ २०२३ मा सेकेन्ड रनरअप हुँदै टाइटल विनरको अवार्डसमेत हात पार्नुभएको छ । पछिल्लो समय एक फिटनेस सेन्टर सुरु गरी आफैं ट्रेनरका रूपमा रही व्यावसायिक जीवन पनि विताइरहनु भएको छ । अन्य व्यवसायसंग समेत जोडिएकी राना जिवन रहँदासम्म कुनै न कुनै रुपमा खेल क्षेत्रसंगै जोडिन चाहेको प्रतिक्रिया दिनुभएको छ ।