स्वास्थ्य/जीवनशैली
बालाजुको “सिल्भर लाइन अस्पताल: दुई डाक्टरको कुशल नेतृत्वमा सुलभ र विश्वसनीय स्वास्थ्य सेवा”

काठमाडौं । विगतमा फरक नाम र व्यवस्थापनमा सञ्चालित बालाजुस्थित सिल्भर लाइन अस्पताल हाल रिब्रान्डिङ प्रक्रियामा छ। विगतमा माओवादी पार्टी एवं राजनैतिक नेतृत्वको ट्रयाग समेत लागेर चिनिएको जनमैत्री अस्पताल हाल काठमाडौंका निजी अस्पतालहरूमध्ये सुलभ दरका कारण चर्चित यो अस्पताल बालाजु औद्योगिक क्षेत्रसँगै जोडिएको फराकिलो क्षेत्रमा अवस्थित छ।
पहिले ‘जनमैत्री अस्पताल’ का रूपमा परिचित यो संस्था केही समय बन्द रहेपछि हाल नयाँ व्यवस्थापन सहित पुनः सञ्चालनमा ल्याएको हो। डा। अभिषेक राज सिंह र डा अनिमेष जोशीको नेतृत्वमा अस्पताल पुनःक्रियाशील बनेको छ भने सर्वसाधारण र बिरामीको चापँ बढेको छ । चिकित्सकहरूको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालन भइरहेको यस अस्पतालले नवीन सेवा सहित बिरामीहरूको उपचारमा केन्द्रित रहेको छ। जसको कारण नेपालका कलाकार , चलचित्रकर्मी एवं खेलाडीहरुको विशेष रुपमा आर्कषण बढेको छ । पछिल्लो उदाहरा हो क्रिकेटर सन्दीप लामिछानेको सफल सल्यक्रिया ।
सिल्भर लाइन अस्पतालको प्रमुख उद्देश्य बिरामीहरूलाई उत्कृष्ट उपचार सेवा सुलभ दरमा उपलब्ध गराउनु हो। अस्पतालमा हाल १०० बेडको सुविधा छ, जसमा अत्याधुनिक उपकरणहरूसहित विभिन्न प्रकारका स्वास्थ्य सेवा प्रदान गर्दे आएको छ ।
हाडजोर्नी तथा ट्रमा उपचार न्यूरो सर्जरी जनरल सर्जरी , मिर्गौलासम्बन्धी उपचार , किड्नी स्टोन अपरेशन, स्त्री तथा प्रसूति सेवा, दन्त, आँखा र कान उपचार विशेषज्ञ सेवा, सिटी स्क्यान र लेजर थेरापी सहित अत्याधुनिक सेवा प्रदान गर्दे आएको यस अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा सबै नेपालीको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ।
नयाँ व्यवस्थापन र दृष्टिकोण
डा. अभिषेक राज सिंह अस्पतालका व्यवस्थापक हुन् भने डा। अनिमेष जोशी मेडिकल डाइरेक्टर तथा कन्सल्ट्यान्ट अर्थोपेडिक एण्ड ट्रमा सर्जनका रूपमा कार्यरत छन्। सिल्भर लाइनलाई गैरनाफामुखी अस्पतालका रूपमा सञ्चालन गरिएको छ, जसले पैसाको अभावका कारण कोही पनि उपचारबाट वञ्चित नहोस् भन्ने लक्ष्य लिएको छ।
डा सिंहका अनुसार आर्थिक रूपमा कमजोर बिरामीका लागि विशेष सहुलियतको व्यवस्था गरिएको छ। उनी भन्छन्, “गरिब बिरामीलाई उपचारका लागि विशेष सहयोग उपलब्ध गराइनेछ।”
स्वदेशमै सेवा दिने प्रतिबद्धता
नेपालमा दक्ष स्वास्थ्यकर्मीहरू विदेशिने क्रम बढ्दै गइरहेका बेला डा। सिंह र डा। जोशी भने स्वदेशमै सेवा दिन प्रतिबद्ध छन्। उनीहरू नेपालमै सम्भावना देख्छन् र यहीँ उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न सकिने विश्वास राख्छन्।
डा जोशी भन्छन्, “नेपालमै प्रशस्त अवसर छन्। यदि सबै युवा विदेश गए भने यहाँको स्वास्थ्य सेवा कसरी सुधार हुन्छरु म नेपाली नागरिकको सेवामा समर्पित छु।”
बेलायत र थाइल्यान्डमा कार्य गर्ने अवसर हुँदाहुँदै पनि उनी स्वदेश फर्किए। विदेश जाने सोच नराखेका उनी भन्छन्, “मेरो प्राथमिकता सधैं नेपालमै रहेर काम गर्ने हो।”
रोजगारी र सेवा विस्तार
हाल सिल्भर लाइन अस्पतालले २०० जनालाई रोजगारी प्रदान गरिरहेको छ। व्यवस्थापनले सरकारद्वारा तोकिएको मापदण्डअनुसार कर्मचारीहरूलाई समयमा नै पारिश्रमिक प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
डा. सिंहका अनुसार, “नयाँ व्यवस्थापन आएपछि अस्पतालले तीव्र सुधारको गति लिएको छ, हामी यसलाई अझ व्यवस्थित बनाउँदै छौँ।
अस्पतालमा हाल १०० बेडको सुविधा उपलब्ध छ, जसमा अत्याधुनिक उपकरणहरूसहित बिरामीहरूको उपचार गरिन्छ।
उपलब्ध सुविधाहरू
अस्पतालमा ट्रमा उपचारका लागि विशेष टोली छ। हाडजोर्नीसम्बन्धी सबैखाले अपरेशन, घुँडा तथा जोर्नी प्रत्यारोपण, न्युरोसर्जरी, जनरल सर्जरी, किड्नी स्टोन अपरेशन, स्त्री रोग, दन्त चिकित्सा, आँखा तथा कानसम्बन्धी उपचार यहाँ उपलब्ध छन्।
बिरामीलाई कुनै पनि बिरामी उपचारबाट वञ्चित नहुने
सिल्भर लाइन अस्पतालमा वार्ड तथा क्याबिनका बिरामीहरू आर्थिक अभावकै कारण कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपर्ने सुनिश्चित गरिएको छ।
सिल्भर लाइन अस्पतालले आधुनिक स्वास्थ्य सेवा सर्वसुलभ बनाउँदै बिरामीलाई गुणस्तरीय उपचार प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।