जोडिनुहोस
  • होमपेज
  • औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल

औचित्य सावित गर्न नसके हाम्रो विद्रोह स्वतः गलत सावित हुनेछ : झलनाथ खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले औचित्य सावित गर्न नसके नेकपा एमालेसँग गरेको विद्रोह स्वतः गलत सावित हुने बताएका छन् ।

अध्यक्ष माधवकुमार नेपालले ‘पार्टी छाडेर जान’ भनेपछि शनिबार पत्रकार सम्मेलन गरेर उनले एमालेसँग गरिएको विद्रोहलाई गलत भन्ने धारणा आफ्नो नभएको बताए । ‘हामीले विद्रोह गरेको कुरो गलत हो भन्ने मेरो धारणा छैन,’ खनालले भने, ‘तर, हामीले औचित्य सावित गरेनौँ भने, गर्न सकेनौँ भने त्यो स्वतः गलत सिद्ध हुन पुग्छ ।’

उनले एमालेसँग विद्रोह गर्नुको औचित्य सावित हुने गरी वैचारिक, राजनीतिक र सैद्धान्तिक धरातलबाट बहस अगाडि बढाएर आन्दोलनलाई रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

हामीले औचित्य सावित हुने गरी वैचारिक, राजनीतिक सैद्धान्तिक धरातलबाट बहस छलफल अगाडि बढाऔँ र आन्दोलनलाई रूपान्तरण गरौँ भन्ने मेरो धारणा हो,’ सम्मानित नेता खनालले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका