जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरमा बाढीको प्रकोप : दुई बीओपीसहित ५२ घर डुबानमा

कञ्चनपुरमा बाढीको प्रकोप : दुई बीओपीसहित ५२ घर डुबानमा

कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले सशस्त्र प्रहरीका दुई बोर्डर आउट पोष्ट ९बीओपी० सहित ५२ घर डुबानमा परेका छन्। जोगबुडा नदीको पानी गाउँतिर पस्दा सुरक्षाकर्मी र स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार दोधाराचाँदनी नगरपालिका–७ र १० का बीओपी डुबानमा परेपछि ५२ जना सशस्त्र प्रहरी र उनीहरूको खाद्यान्न तथा सरसामान अन्यत्र सारिएको हो। वडा नम्बर ७ का प्रहरी र स्थानीयलाई सहरी खोप केन्द्रमा तथा वडा नम्बर १० का २३ जनालाई ओमबार आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ।

यस्तै, रामपुरे टापुका २५ घरका ७० जना, पटराखल्लाका १५ घरका ५५ जना र शान्ति टोलका १२ घरका ४० जनालाई विभिन्न विद्यालयमा अस्थायी रूपमा बसोबास गराइएको छ।

महाकाली नदीको पानी नघटेकाले चार पाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको छ। साँझको मापनअनुसार नदीको बहाब दुई लाख तीन हजार आठ सय ३० क्युसेकमा पुगेको छ, जसका कारण शारदा ब्यारेजमार्फत सवारीसाधन पार गर्न नसकिएको प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances

छुटाउनु भयो कि?