जोडिनुहोस
  • होमपेज
  • उम्मेदवारी घोषणा गरेको अभिव्यक्ति नदिन रास्वपाको निर्देशन

उम्मेदवारी घोषणा गरेको अभिव्यक्ति नदिन रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार भएको वा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्ने किसिमका अभिव्यक्ति सार्वजनिक रूपमा नगर्न निर्देश दिएको छ।

विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी निर्वाचनका लागि आफू उम्मेदवार भएको/बन्ने प्रचार गर्न थालेको अवस्थामा रास्वपाले त्यस्ता गलत वा भ्रम पैदा गर्ने अभिव्यक्तिहरू नदिन आग्रह गरेको हो।

उम्मेदवार छनोट समितिले आज विज्ञप्ति जारी गर्दै उम्मेदवारी घोषणा भइसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा आएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र प्रक्रियाअनुसार मात्र हुने स्पष्ट नीति रहेको छ। सोही प्रक्रियाअनुरूप रुपन्देही क्षेत्र नं. ३ का लागि मात्र उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीका तर्फबाट उम्मेदवार टुंगो लागेको छैन भन्ने कुरा यसैमार्फत स्पष्ट गरिन्छ।”

पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रका उम्मेदवारबारे भ्रामक, अपुष्ट वा अफवाह फैलाउने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन नेता, सदस्य, संगठन संरचना तथा शुभेच्छुकहरूलाई रास्वपाले अनुरोध गरेको छ।

यसबाहेक, “उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी, पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गर्दछौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV