
काठमाडौं। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब १२ अंकले बढेको छ। नेप्से ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेको छ । नेप्से ०.४३ प्रतिशतले बढ्दा १० अर्ब बढीको कारोबार भएको छ।
१० अर्ब ४३ करोड ७० लाख रुपैयाँ बराबरको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर कारोबार भएको छ ।
८७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३१४ वटा कम्पनी कारोबारमा आउँदा ९९ हजार ५८५ पटक शेयर किनबेच भएको छ।
यस्तै ४ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको शेयर मूल्य भने नकारात्मक सर्किट लागेको छ । आज १३ वटा समूहमध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ।
बसैभन्दा बढी अन्य समूह ३.६७ प्रतिशतले बढेको भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.२२ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी फाइनास समूह १.७४ प्रतिशतले घटेको छ भने सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ०.०६ प्रतिशतले घटेको छ ।