जोडिनुहोस
  • होमपेज
  • गगन थापाले भने– पहिचानको आधारमा प्रदेशको नामाकरण भए द्वन्द्व हटाउन सक्छौँ

गगन थापाले भने– पहिचानको आधारमा प्रदेशको नामाकरण भए द्वन्द्व हटाउन सक्छौँ

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशको नामाकरणको विषयमा स्वर्गीय प्रदीप गिरिले दिएको विचारसँग कांग्रेस सहमत हुन सके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी प्रदेश नामाकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको बताए ।

उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्म रोक्न सकिने स्व। गिरिको विचार कांग्रेस जस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नु पर्ने बताए । उनले स्व। गिरिको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने २० वर्षसम्म कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए ।

‘त्यहाँ प्रदेश १ को नामाकरण ठूलो विषय छ, तर प्रदीप गिरिले संविधान निर्माणको बेलामा राख्नु भएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली कांग्रेस जस्तो मूल राजनीतिक पार्टीले नामाकरण जस्तो विषय गर्दै गर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नु पर्छ,’ उनले भने ।

महामन्त्री थापाले कांग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका