
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल
मेषः दिन सहज छ । साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ । बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ ।
वृषः शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । बन्धुबाट धोका हुने भएकाले गोपनीयता भंग नगर्नु उचित हुनेछ । साथीभाइबाट भने साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुनः बोली र व्यवहारमा एकरुपता नहुँदा साथीभाइ टाढा हुनेछन् । राज्यको तर्फबाट सहयोग नहुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । आम्दानीका दृष्टिले दिन महत्त्वपूर्ण छ । लगानी गर्ने योजना भएको भए हिम्मत गर्दा हुन्छ ।
कर्कटः मनमा खटपटी बढ्नेछ । शुभग्रहको बहुमत रहेकाले तपाईंलाई साथ दिने साथी धेरै छन् । आफ्नो सोचेका साथी विपक्षी कित्तामा पुग्ने भएकाले विश्वास गरेका मान्छेबाट सचेत बन्नुपर्नेछ । धार्मिक भ्रमणको अवसर मिल्नेछ ।
सिंहः इज्जत जोगाउनका लागि धन खर्च गर्नुपर्ने दिन छ । मनमा नराम्रो सोच हटाउन धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ । परिवारसँग झुकेर काम गर्दा बेफाइदा हुनेछ ।
कन्याः दिन राम्रो छ । आजको निर्णय दीर्घकालीन बन्नेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको साथ मिल्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
तुलाः आफू ठुलो र अरुलाई सानो सम्झिने बानीले घाटा हुनेछ । बौद्धिक व्यक्तिको बहुमत छ । शिक्षाको क्षेत्रमा लगानी विस्तार गर्नु उचित हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ ।
वृश्चिकः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सरस्वतीको आरधना गर्ने समय छ । जसले तपाईंलाई शैक्षिक क्षेत्रमा उचित मार्गदर्शन गर्नेछ । सानो कुराले मन भने चञ्चल हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।
धनुः मन अशान्त बन्नेछ । समाजले तपाईंका विषयमा नकारात्मक टिप्पणी गर्दा शान्त भएर अगाडि बढ्नु उचित हुनेछ । स्वास्थ्यले साथ दिने दिन छ । दाम्पत्य जीवन सुखमय बित्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मकरः सरस्वतीको आरधना गर्दा एक वर्षसम्म मनमा शान्ति मिल्नेछ । सहकर्मीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो देखिन्छ । विपक्षी साथीको साथ लिएर राम्रो काम गर्ने हिम्मत गर्नुपर्नेछ ।
कुम्भः धनलक्ष्मी योग परेको छ । हरेक क्षेत्रमा डुब्न लागेको लगानी हात लाग्नेछ । शिक्षा क्षेत्रमा मिहेनतको खाँचो छ । हरेक काममा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
मीनः दिन सहज छ । नबुझेको कुरा बुझे भन्ने बानीले समस्या हुनेछ । परिवारको सुझाव लिएर अगाडि बढ्नुपर्ने दिन छ । राज्यका लागि गरेको सेवाबाट मनमा उत्साह बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
































