जोडिनुहोस

हालको खबर

Angâstia Promoções aquele Códigos em Portugal
  • २ मिनेटutes अगाडि
HeroSpin Casino Análise honesta esfogíteado Casino Guru
  • ३ मिनेटutes अगाडि
Melhores casinos online sobre Portugal 2025
  • ७ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • ११ मिनेटutes अगाडि
  • होमपेज
  • प्रधानमन्त्री कार्की र डा. सन्दुक रुइतबीच तिलगंगामा छलफल

प्रधानमन्त्री कार्की र डा. सन्दुक रुइतबीच तिलगंगामा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग तिलगंगा आँखा प्रतिष्ठानमा भेटवार्ता गरेकी छन्। मङ्गलवारको उक्त भेटमा प्रधानमन्त्री कार्कीले आफू नेतृत्व गरेको विशेष परिस्थितिको सरकारमा डा. रुइतको सहभागिता सम्बन्धमा छलफल गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले देशको सेवा र सुधारका लागि डा. रुइतजस्तो व्यक्तित्वको सहयोग आवश्यक भएको भन्दै सरकारमा सहभागी हुन आग्रह गरेकी थिइन्। तर, डा. रुइतले अस्पताल र बिरामीहरूको सेवाबाट आफू अलग हुन नसक्ने भन्दै सरकारमा सहभागी हुन असमर्थता जनाएका छन्।

उनले आफू चिकित्सा पेशामार्फत नागरिकको सेवा गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै, प्रत्यक्ष राजनीतिमा संलग्न नहुने अडान दोहोर्‍याएका छन्। जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको सन्दर्भमा मन्त्री बन्ने चर्चा चले पनि डा. रुइतले पहिले पनि यस्तो प्रस्ताव अस्वीकार गर्दै आएका थिए।