जोडिनुहोस
  • होमपेज
  • दार्चुलाको नेपाली भूमिमा भारतले बनाइरहेको तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र

दार्चुलाको नेपाली भूमिमा भारतले बनाइरहेको तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र

सदरमुकाम खलङ्गामा रहेको वीरेन्द्र वनको पारिपट्टिको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरेकामा स्थानीय बासिन्दा तथा राजनीतिक दलले विरोध गरेका छन् । २०७० सालको बाढीपछि भारततर्फ परेको नेपाली भूमिमा भारतले तटबन्ध निर्माण गरिरहेको छ ।

नेपाली भू–भागमा भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण भइरहेकाले त्यसलाई अविलम्ब रोक्न कूटनीतिक पहल थाल्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)  जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

नेपाली भूमि मात्र नभई नदीको धार नै परिवर्तन हुनेगरी तटबन्ध निर्माण भइरहेकाले त्यसलाई रोक्न प्रमुख जिल्ला अधिकारी अनिल पौडेलमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो ।

महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको क्षेत्रमा अन्तरर्राष्ट्रिय सीमारेखा मिचेर तटबन्ध निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष घर्तीले त्यसलाई रोक्न माग गर्नुभयो । भारतले निर्माण गरिरहेको तटबन्धका सम्बन्धमा तत्काल कूटनीतिक पहल थाल्न आफूले पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका