जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • संवैधानिक निकाययका पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

संवैधानिक निकाययका पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज

काठमाडौँ। सर्वोच्च अदालतले २०७८ सालमा संवैधानिक निकायमा नियुक्त ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको छ । मध्यरातमा निर्णय सुनाउँदै संवैधानिक इजलासको बहुमतले रिट खारेजको आदेश जारी गरेको हो ।

इजालसले पदाधिकारीको नियुक्ति संविधानसम्मत् भएको भन्दै नियुक्ति बदरगर्न अस्वीकार गरेको छ । रिट खारेज गरिदिएसँगै संवैधानिक पदाधिकरीहरुको नियुक्तिले निरन्तरता पाएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासले बहुमतबाट रिट खारेज गरेको हो ।

नियुक्ति पाएको साढे चार वर्षदेखि विचाराधीन मुद्दा आज किनारा लागेको हो । यसअघि जेठ २८ गते हुने भनिएकोमा आज असार १८ गतेका लागि निसु तोकिएको थियो ।

अध्यादेश ल्याएर संविधान विपरित संवैधानिक आयोगमा पदधिकारी नियुक्ति गरेको भन्दै उक्त नियुक्ति खारेजीको मागगर्दै सर्वोच्च अदालतलको संवैधानिक इजालासमा रिट परेको थियो ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Cashback abuse prevention and user impact