जोडिनुहोस
  • होमपेज
  • झापामा भारी वर्षा: अनारमनी, चन्द्रगढी र केचनामा २४ घण्टामा १२९ मिमी पानी, बाढी जोखिम बढ्यो

झापामा भारी वर्षा: अनारमनी, चन्द्रगढी र केचनामा २४ घण्टामा १२९ मिमी पानी, बाढी जोखिम बढ्यो

झापा। पछिल्लो २४ घण्टामा झापाको अनारमनी, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटर वर्षा भएको छ । लगातारको वर्षाले झापाका कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् ।

बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेका छन् जसले बासिन्दालाई समयमै सुरक्षित स्थानमा जान सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका–५ मा पनि साइरन प्रणाली सञ्चालनमा छ ।

कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नदीको सतह उच्च हुँदै गएकाले विपद् व्यवस्थापन समिति सक्रिय रहेको र आवश्यक परे उद्धार, राहत तथा स्थानान्तरण कार्य गरिने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले उच्च जोखिममा रहेका स्थानको अनुगमन र उद्धार–राहतको तयारी भइरहेको बताए । स्थानीयवासीहरूलाई स्वयंसेवकमार्फत सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।

भारी वर्षाका कारण मेचीनगर नगरपालिकाभित्र पर्ने कालीखोलाको डाइभर्सन, इलिफेन्ट क्रसिङ डाइभर्सन र माई नदी पश्चिमको भालुखोलामा क्षतिको सम्भावना रहेको छ । एसियन हाइवे आयोजनाले उद्धार टोली र मर्मतका लागि तयारी पुर्‍याएको छ भने मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले परियोजनासँग समन्वय गरी वैकल्पिक आवागमन सुनिश्चित गर्ने जानकारी दिए ।

विशेषज्ञहरूले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सुझाव दिएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 115