जोडिनुहोस
  • होमपेज
  • म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

म्याग्दी । आर्थिक वर्ष २०८२/८३ मा म्याग्दीका किसानका लागि करिब ४ करोड २३ लाख रुपैयाँको अनुदान उपलब्ध हुने भएको छ।

कृषि ज्ञान केन्द्रमार्फत २ करोड ९९ लाख २० हजार रुपैयाँ, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत १ करोड ६४ लाख रुपैयाँ र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनामार्फत १ करोड २४ लाख ४८ हजार रुपैयाँ बजेट बिनियोजन भएको हो।

कार्यक्रमका प्रकृति अनुसार किसानले ५० देखि ८५ प्रतिशतसम्म अनुदान पाउने व्यवस्था गरिएको छ। यसैअन्तर्गत कृषि उद्यम विकास, निर्यातमुखी उत्पादन, विपद्बाट प्रभावित कृषक राहत तथा ग्रामीण कृषि पर्यटन प्रर्वद्धन जस्ता कार्यक्रम सञ्चालन हुने छन्।

गत वर्ष म्याग्दीका १ हजार ४०१ जना कृषकले अनुदान पाएका थिए भने करिब ९९९ जना किसान विभिन्न तालिममा सहभागी भएका थिए। पशुपालनतर्फ मात्र गत वर्ष ८९ हजारभन्दा बढी पशुधनलाई महामारीविरुद्धको खोप लगाइएको थियो।

यस वर्ष सुन्तला, आलु र बंगुर जोनलगायतका कार्यक्रमका लागि पनि छुट्टै बजेट विनियोजन गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV