जोडिनुहोस
  • होमपेज
  • कांग्रेसमा महाधिवेशनको किचलो कायमै, विशेष महाधिवेशनको वातावरण बनाउन दबाब

कांग्रेसमा महाधिवेशनको किचलो कायमै, विशेष महाधिवेशनको वातावरण बनाउन दबाब

नेपाली कांग्रेसको महाधिवेशनको विषयमा छलफल गर्न संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले भेला गरेका छन् ।

नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छलफलमा जुटेका छन् । भेलामा पार्टीको कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू पनि छन् । नेताहरू वीरबहादुर बलायर, सीता गुरुङ, भण्डारी, मीन विश्वकर्मा, केन्द्रीय सदस्यहरू दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू भेलमा उपस्थित भएका छन् ।

केन्द्रीय सदस्य महरका अनुसार जारी केन्द्रीय समितिलाई कसरी प्रभावकारी बनाउने र महाधिवेशनको मितिमा कुरा नमिले पार्टीलाई कसरी निकास दिने भनेर छलफल हुनेछ । महाधिवेशनको विषमा केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेका बेलामा कसरी संकटको निकास निकाल्ने भनेर छलफल केन्द्रित रहने उनले बताए ।

आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिने तयारी पनि भेलाको छ ।

शेखरलाई दबाब

यता, विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेको समूहले नेता डा. शेखर कोइरालासँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको छ।

कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने र सम्भव नभए केन्द्रीय कार्यसमितिले आफैँ विशेष महाधिवेशन बोलाउनुपर्ने पक्षमा छन् ।

सोमबार बिहान विशाल नगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा गएको हस्ताक्षर संकलन गरेको समूहले उनीसँग विशेष महाधिवेशनको नेतृत्व लिएर वातावरण बनाउन आग्रह गरेको हो ।

नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशनको विषय र विशेष महाधिवशेनमा जाने विषयमा आफूले समन्वय गरिराखेको बताएका छन् ।

भेटमा नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने र सम्भव नभए केन्द्रीय कार्यसमितिले आफैँ विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका