जोडिनुहोस
  • होमपेज
  • एनआईसी एशियाको सीईओमा सुजित कुमार शाक्य नियुक्त

एनआईसी एशियाको सीईओमा सुजित कुमार शाक्य नियुक्त
एनआईसी एशिया बैंकले सुजित कुमार शाक्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले शाक्यलाई चार वर्षको कार्यकालका लागि सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनले ३० दिनभित्र औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्।
शाक्य हाल नबिल बैंकका वरिष्ठ डेपुटी सीईओ हुन् र यसअघि सोही बैंकमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालिसकेका छन्। तीन दशकभन्दा बढीको बैंकिङ अनुभव भएका उनले नबिल बैंकमा प्रवेश गर्नु अघि ग्लोबल आइएमई बैंक, जनता बैंक र सिभिल बैंकमा नेतृत्वका विभिन्न जिम्मेवारी सम्हालेका थिए। जनता र ग्लोबल आइएमई बैंक गाभिएपछि उनले केही समय ग्लोबल आइएमईमै काम गरेका थिए।
सीईओ पदमा नियुक्त भएपछि शाक्यले एनआईसी एशिया बैंकलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। यसअघि तत्कालीन सीईओ रोशन कुमार न्यौपानेले राजीनामा दिएपछि बैंकमा उक्त पद रिक्त भएको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका