जोडिनुहोस
  • होमपेज
  • राजावादीलाई एकीकृत समाजवादीका वरिष्ठ नेता खनालको चुनौती ः आँट भए लोकतान्त्रिक प्रणालीमार्फत निर्वाचनमा आउनुहोस्

राजावादीलाई एकीकृत समाजवादीका वरिष्ठ नेता खनालको चुनौती ः आँट भए लोकतान्त्रिक प्रणालीमार्फत निर्वाचनमा आउनुहोस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको वर्तमान राजनीतिक स्थिति, राजतन्त्रको बहस, संविधान संशोधन, सरकारको कामकारबाही र चीनको बीआरआई परियोजनाबारे आफ्नो धारणा स्पष्ट पार्दै अनेक विषयमा सरकार र राजावादी प्रवृत्तिप्रति कडा आलोचना गरेका छन्।

देशको वर्तमान परिप्रेक्षमा सरकारले कमजोरी गर्दै गएका कारण राजावादीहरू सलबलाएको आरोप लगाउँदै राजवादीलाई निरङ्कुश प्रणालीमार्फत नभई लोकतान्त्रिक प्रणालीमार्फत निर्वाचन पार्टी खोलेर आउन चुनौती समेत नेता खनालले  दिएका छन् ।  विभिन्न मिडियाहरूमा  अन्तवार्ता दिँदै खनालले राजावादीलाई यस्तो चेतावनी दिएका हुन् ।

गत चैत्र १५ गते देशकै राजधानी काठमाडौँको तीनकुने लगायतका क्षेत्रमा राजावादीहरूले हिंसात्मक आन्दोलन गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमाथि ठुलो क्षति पु¥आएको भन्दै वरिष्ठ नेता खनाल राजावादीको गतिविधिप्रति आक्रोशित हुँदै आएका छन् । राजावादीले एकीकृत समाजवादीको कार्यालयमा समेत तोडफोड  गरेपछि राजावादीको विध्वंसकारी गतिविधिप्रति पार्टीका नेता  तथा कार्यकर्ताहरू आक्रोशित बनेका हुन्  ।

खनालले पछिल्लो समय चर्किएको राजावादी आन्दोलनप्रति पनि तीव्र टिप्पणी गरे। गणतन्त्र हटाएर राजा ल्याउने कुरा संविधान विरोधी हो, उनले भने, राजा चाहियो भने राजा चाहियो भन्ने पार्टी बनाएर चुनाव लड्नुस्, दुई तिहाइ ल्याएर संविधान संशोधन गर्नुस्। उनले पूर्व राजा ज्ञानेन्द्रलाई आन्दोलनको मुख्य जिम्मेवार ठहर गर्दै भने, १६ वर्षअघि राजतन्त्र समाप्त भइसकेको छ। अब फर्किँदैन। खनालले समाजवादी मोर्चालाई मुख दुखाउने नाम मात्र भन्दै वास्तविकता कार्यगत एकता भएको बताए। उनले वामपन्थी शक्तिहरूलाई एकजुट भएर चुनावमा क्रान्तिकारी हस्तक्षेप गर्न आह्वान गरे।

खनालको भनाइ अनुसार, अहिलेको चुनौती तीन वटा प्रवृत्ति हुन् :  पुनरुत्थानवादी (राजावादी), यथास्थितिवादी (सत्ताधारी), र क्रान्तिकारी (जनपरिवर्तन चाहने जनता)। अब जनताले परिवर्तन चाहने शक्तिलाई साथ दिनुपर्नेमा  उनको जोड छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries