जोडिनुहोस
  • होमपेज
  • ३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेट्न पुगेका छन् । थापाले ३७ महिनापछि पार्टी कार्यालय धुम्बाराही पुगेर अध्यक्ष लिङ्देनसँग भेट गरेका हुन् ।

‘३७ महिनापछि पार्टी कार्यालय आएर अध्यक्ष लिङदेनलाई भेट्नुभयो । कमल थापाले आफैँ म ३७ महिना भएछ धुम्बाराई नआएको भन्नुभयो । त्यसपछि दुवैजना नेताहरू हाँस्नुभएको थियो ।’ राप्रपाका नेताले भने, ‘दुवैजना एकदम खुशी मुद्रामा हुनुहुन्थ्यो । उहाँहरूबीच पछिल्लो राजनीतिक आन्दोलनको विषयमा कुराकानी भएको छ।’ पछिल्लो समय राजावादी आन्दोलन एकीकृत गर्नका लागि दुई नेता मिलेको बुझिएको छ । राजतन्त्र फर्काउने आन्दोलनको विषयमा छलफल गर्न र नयाँ एजेन्डा तयार गर्न दुई नेताहरूबीच भेटघाट भएको बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका