
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तलब नपाएर आन्दोलित सरसफाइ कर्मचारीहरूको समस्या समाधानका लागि पहल थालिएको छ। विमानस्थल व्यवस्थापन पक्षले यस विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिरहेको जनाएको छ।
विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले सरसफाइ कर्मचारीहरूले विगत १० दिनदेखि तलब नपाएको भन्दै फोहोर नउठाएको जानकारी दिएका छन्। उनले भने, “तलबको लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ। त्यहाँबाट तलब निकासाको लागि पत्र आएमा समस्या समाधान हुन्छ। त्यसका लागि आवश्यक गृहकार्य भइरहेको छ।”
कर्मचारीहरूको आन्दोलनका कारण विमानस्थलको आन्तरिक टर्मिनल भवन क्षेत्रमा विगत १० दिनदेखि फोहोर उठ्न सकेको छैन। यसले यात्रुहरूलाई दुर्गन्धको समस्या भएको छ। यात्रुहरूले नाक थुनेर हिँड्नुपरेको गुनासो गरेका छन्।
विमानस्थलका सरसफाइ कर्मचारीहरूले गत पुस महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।





































