जोडिनुहोस
  • होमपेज
  • रवीन्द्र मिश्रसहितलाई छाड्न माग गर्दै ललितपुरमा राप्रपाको रिले अनशन, विक्रम पाण्डे पनि पुगे

रवीन्द्र मिश्रसहितलाई छाड्न माग गर्दै ललितपुरमा राप्रपाको रिले अनशन, विक्रम पाण्डे पनि पुगे

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतका बन्दीहरूको बिनासर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डले ऐक्यवद्धता जनाएका छन् ।

रिले अनसनप्रति समर्थन जनाउन प्रतिनिधिसभा सदस्य पाण्डे आइतबार जावलाखेल पुगेका हुन् । रिले अनसनका सहभागीलाई पाण्डेले भेटेर आस्थाका बन्दीको रिहाई र मानवअधिकारको सम्मान हुनुपर्ने बताए ।

रिले अनसन आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ । आयोजकका अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेकाहरू नछुटेसम्म अनसन जारी रहने छ ।

अनसनमा बसेकाले आस्थाका बन्दी रिहाइ गर, मानव अधिकारको सम्मान गर, हिन्दु अधिराज्य कायम गर, राजसंस्था पुनस्थापना गर जस्ता नारा लगाएका छन् ।

यसैगरी अनसनमा गत चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मारिएका सुरेश रजक र सविन महर्जनप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।

धेरै टिप्पणी गरिएका