
नेपाल तरुण दल भोटेकोशी गाउँपालिकाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले नोर्साङ शेर्पालाई पालिका समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यक्रमको प्रमुख आतिथ्य नेपाली कांग्रेस सिन्धुपाल्चोकका उप–सभापति दोर्जे लामाले गर्नु भएको थियो । तरुण दललाई साथि संगठनको संज्ञा दिँदै सिन्धुपाल्चोकका उप–सभापति लामाले संगठनलाई बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

तरुण दललाई बलियो बनाउँन जोड दिनु भएको उहाँले देश विकासमा युवाहरुलाई सक्रिय बनाउँनु पर्ने बताउँनु भएको थियो । यस्तै नवनिर्वाचित अध्यक्ष नोर्साङ शेर्पासहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई कार्यक्रममार्फत बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
कार्यक्रमले संगठन सुदृढीकरण र आगामी कार्ययोजनामा ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाइएको छ ।





































