जोडिनुहोस
  • होमपेज
  • तीनकुने हिंशात्मक राजावादी प्रकरणमा सकियो बयान, थुनछेक बहस सुरु

तीनकुने हिंशात्मक राजावादी प्रकरणमा सकियो बयान, थुनछेक बहस सुरु

काठमाडौं । चर्चित तीनकुने घटनामा संलग्न भनिएका ५० जना प्रतिवादीहरूमध्ये ३९ जनाको बयान प्रक्रिया सम्पन्न भइसकेको छ। अब काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा थुनछेक बहस सुरु भएको छ। थुनछेकपछि अदालतले दुर्गा प्रसाईंसहित बाँकी प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ।

त्यसैगरी, भाटभटेनी लुटपाट घटनामा संलग्न ११ जनालाई अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ। उनीहरूविरुद्ध आपराधिक उपद्रवको अभियोगमा मुद्दा दायर गरिएको थियो। सो प्रकरणको थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो। यस प्रक्रियाले अब अदालतको आदेशपछि घटनामा संलग्न भनिएका व्यक्तिहरूको आगामी कानुनी अवस्थाको बाटो तय गर्नेछ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Валютный рынок Википедия