जोडिनुहोस
  • होमपेज
  • दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिने प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले पुष्टि गरे

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिने प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले पुष्टि गरे

काठमाडौं– फेसबुकलगायत नेपालमा दर्ता नभएका सामाजिक सञ्जालका प्लेटफर्म बन्द हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले पुष्टि गरेका छन्।

सर्वोच्च अदालतको आदेश बमोजिम निष्क्रिय हुने क्रममा रहेको जानकारी दिएका हुन्। रिमालले सामाजिक सञ्जाल फेसबुकमा ‘सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु, स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश’ दिएको स्मरण गराएका छन्।

उनले सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने जानकारी दिए।

‘सायद, केही अवाञ्छित तत्त्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ’, उनले भनेका छन्।

सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुँदैछन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका