
काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट भएको छ । स्थानीय समयानुसार मंगलबार बिहान ११ बजेतिर विस्फोट भएको हो ।
अदालतको क्यान्टिनमा भएको विस्फोमा परी कम्तीमा १२ जना घाइते भएका छन् । पाकिस्तानको समाचार संस्था डनले एसी (एयर कन्डिसनर)का कारण विस्फोट भएको जनाएको छ । सुरुमा ग्यास चुहावटका कारण विस्फोट भएको बताइएको थियो ।
विस्फोटका कारण अदालत भवनको केही भागमा क्षति पुगेको छ । बीबीसीले इस्लामावाद प्रहरीका आईजी नासिर रिजवीलाई उद्धृत गर्दै घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ ।
विस्फोटपछि आईजी नासिरलगायत अधिकारीले घटनास्थलको निरीक्षण गरेका छन् ।




































