जोडिनुहोस
  • होमपेज
  • राप्रपाको काठमाडौँ प्रदर्शनको व्यवस्थापन कमाण्डर ज्ञानेन्द्र शाहीको नेतृत्वमा

राप्रपाको काठमाडौँ प्रदर्शनको व्यवस्थापन कमाण्डर ज्ञानेन्द्र शाहीको नेतृत्वमा

काठमाडौं। पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले काठमाडौँमा आयोजना गर्न लागेको प्रदर्शनको तयारी तीव्र बनाएको छ। पार्टीले मङ्सिर २३ गते प्रदर्शन गर्ने निर्णयसँगै त्यसको व्यवस्थापनका लागि चार सदस्यीय समिति गठन गरेको छ।

समितिको संयोजकमा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) नियुक्त भएका छन्। उनका सहकर्मी सदस्यहरूमा सहमहामन्त्री धनबहादुर बुढा, रविन्द्र प्रताप शाह र गोपाल दाहाल रहेका छन्। समितिले प्रदर्शनको सम्पूर्ण व्यवस्थापन र आयोजना सफल बनाउन जिम्मेवारी पाएको राप्रपाले जनाएको छ। पार्टीका अनुसार, यो प्रदर्शनको उद्देश्य देशभर आफ्नो एजेण्डा पुर्याउनु हो।

साथै, पार्टीले समान विचारधाराका समूह र व्यक्तिहरूसँग सहकार्य र एकता बढाउन वार्ता समिति पनि गठन गरेको छ। बुद्धिमान तामाङको संयोजकत्वमा बनेको यस समितिमा नेता विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्। राप्रपा स्रोतका अनुसार, व्यवस्थापन समिति र वार्ता समिति दुवै समितिले आगामी प्रदर्शन र राजनीतिक सहकार्यलाई प्रभावकारी बनाउन समन्वयमा काम गर्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका