जोडिनुहोस
  • होमपेज
  • यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव छन् ।

गत महिना भएको यू–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यू–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी हुनेछन् ।

नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड समेत छन् । नेपालले पहिलो खेल माघ ५ गते बंगलादेशसँग खेल्नेछ ।

नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help