जोडिनुहोस
  • होमपेज
  • सत्ता साझेदारीमा अविश्वास बढे संयन्त्र खारेज गर्न एमाले सांसदको सुझाव

सत्ता साझेदारीमा अविश्वास बढे संयन्त्र खारेज गर्न एमाले सांसदको सुझाव

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सत्ता साझेदार दलहरूबीचको समन्वय संयन्त्र प्रभावकारी नभएको भन्दै त्यसलाई खारेज गर्न सुझाव दिएका छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले सत्ता गठबन्धनभित्रैबाट सरकारविरुद्ध वक्तव्य आउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे। संयन्त्रको अभ्यासले काम नगरे राम्रो विकल्प खारेज वा विघटन हुन सक्छ,उनले भने।

थापाले गठबन्धन सरकारप्रति उठेका आलोचनाहरूको बचाउ गर्दै सरकार एमालेकरण भएको भन्ने आरोप अस्वीकार गरे। ऊर्जा मन्त्रीको प्रस्तावमा कुलमान घिसिङको हटाइलाई लिएर प्रधानमन्त्रीलाई दोष दिइनु गलत भएको जिकिर गर्दै, गठबन्धनमा सबै अधिकार एक दलसँग मात्र नहुने स्पष्ट पारे।

सांसद थापाले सरकार ढल्नेजस्ता अभिव्यक्तिहरूले समाजमा अनावश्यक भय र भ्रम सिर्जना गरेको बताए। उनले यस्तो बयानबाजी मिडिया हेडलाइन बन्ने हो, तर व्यवहारमा निरर्थक हुने तर्क गरे।

त्यस्तै, उनले राजावादी सोच प्रति टिप्पणी गर्दै लुटपाट र आगजनीले व्यवस्था परिवर्तन नहुने, बरु यथार्थ स्वीकृति आवश्यक रहेको बताए।

धेरै टिप्पणी गरिएका