जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा

राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथिको प्रतिबन्ध फुकुवा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार विज्ञप्ति निकालेर आदिलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न पाउने गरी प्रतिबन्ध फुकुवा भएको जानकारी गराएको हो ।

२०७९ सालको पुस ९ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल टी–२० क्रिकेट लिगका क्रममा स्पट फिक्सिङको आरोप लागेपछि क्यानले आदिललाई प्रतिबन्ध लगाएको थियो ।

क्यानको इन्टिग्रिटी युनिटको प्रतिवेदनका आधारमा आदिलमाथिको प्रतिबन्ध फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ । योसँगै अब उनी राष्ट्रिय टोलीमा फर्किन बाटो खुलेको छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका