जोडिनुहोस
  • होमपेज
  • सूनको मूल्य बढ्यो, हालसम्मकै उच्च

सूनको मूल्य बढ्यो, हालसम्मकै उच्च

काठमाडौं– सूनको मूल्य अचाक्ली बढेर हालसम्मकै उच्च भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ९ सय रुपैयाँ बढेर एक लाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको छ।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो।

त्यसयता घटेको सुनको मूल्य फेरि अहिलेसम्मकै उच्च बनेको हो।

सोमबार एक लाख ९६ हजार ६ सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर दुईहजार दुईसय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका