जोडिनुहोस
  • होमपेज
  • १५ जेठको कार्यक्रममा खटिने स्वयंसेवकलाई एमालेले दियो प्रशिक्षण

१५ जेठको कार्यक्रममा खटिने स्वयंसेवकलाई एमालेले दियो प्रशिक्षण

भोलि १५ जेठ अर्थात गणतन्त्र दिवस । गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने भन्दै नेकपा एमालेले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गर्दैछ । सोही सभालाई लक्षित गरी एमालेले बुधबार पार्टी कार्यालय च्यासलमा स्वयंसेवकहरूलाई प्रशिक्षण दिएको छ ।

प्रशिक्षणमा सहभागी स्वयंसेवकहरूले सभालाई व्यवस्थित बनाउन सघाउने एमालेले भनेको छ । राजावादीहरूले पनि १५ जेठमा काठमाडौं केन्द्रित आन्दोलन गर्दैछन् । उनीहरूले काठमाडौंको कुन क्षेत्रमा आन्दोलन गर्ने भनेर प्रहरी प्रशासनसँग अनुमति लिएका छैनन् ।

एमाले महासचिव शंकर पोखरेलले १५ जेठमा सरकारले नै विशेष कार्यक्रम गरेर गणतन्त्रको उत्सव मनाउनु पर्ने बताएका छन् ।

बुधबार पत्रकार सम्मेलनमा उनले भने, ‘१५ जेठ भनेको नेपाली जनता सार्वभौम भएको दिन हो । यो दिनको महत्त्व जनतालाई दर्शाउँदै सरकारले उत्सवका रूपमा मनाउनुपर्छ,’ उनले भने । एमालेले भोलि गर्न लागेको कार्यक्रम कसैको विरोधमा नभई जनताको उपलब्धिको खुसियाली प्रकट गर्ने समारोह रहेको बताएको छ ।

 

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका