जोडिनुहोस
  • होमपेज
  • दार्चुलामा भारत सरकारको आर्थिक सहयोग बन्ने विद्यालय भवनको शिलान्यास

दार्चुलामा भारत सरकारको आर्थिक सहयोग बन्ने विद्यालय भवनको शिलान्यास

दार्जुला— नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास भएको छ । उक्त भवनको काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामीले संयुक्त रूपमा शिलान्यास गरे ।

भारत सरकारको आर्थिक सहयोग विद्यालय भवनको निर्माण हुँदैछ । उक्त भवनको निर्माणमा करिब ७ करोड बढी लागत लाग्नेछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना दार्चुलाको शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ । यो नेपालको दार्चुला जिल्लामा सञ्चालन भइरहेको ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । उनीहरुले नयाँ पूर्वाधारले दार्चुलाको शैल्यशिखर नगरपालिकाका विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।

ताजा समाचार