जोडिनुहोस
  • होमपेज
  • सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नभए कडा प्रतिवादमा उत्रिने रास्वपाको चेतावनी

सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता नभए कडा प्रतिवादमा उत्रिने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।

पार्टीकी केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुगेको जनाइएको छ।

‘सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई नागरिकको मौलिक हक, विचार–अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान–प्रदानको प्रमुख माध्यम बनेको छ। यसलाई एकैपटक बन्द गर्ने निर्णय जनताको हक अधिकारमाथि प्रत्यक्ष प्रहार हो,’ विज्ञप्तिमा भनिएको छ।

रास्वपाले संविधानको धारा १७ र १९ ले प्रत्याभूत गरेका विचार–अभिव्यक्ति तथा सूचना–सञ्चारको हक खोस्ने सरकारको कदम लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीत भएको भन्दै कडा आपत्ति जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Начните торговать с мобильного