जोडिनुहोस
  • होमपेज
  • स्वर सम्राट् नारायण गोपालको आज ३५ औँ स्मृति दिवस

स्वर सम्राट् नारायण गोपालको आज ३५ औँ स्मृति दिवस

प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायण गोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो ।

उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वर सम्राट् उपाधिबाट नारायण गोपाल सम्मानित छन् ।

‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्…’, ‘अल्झेछ क्यारे पछ्यौरी…’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् ।

मूर्धन्य कलाकार नारायण गोपालको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायण गोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका