जोडिनुहोस
  • होमपेज
  • नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि, तोलाको १ लाख ८९ हजार ९ सय पुग्यो

नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि, तोलाको १ लाख ८९ हजार ९ सय पुग्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ। आज मात्र छापावाल सुनको मूल्य तोलाको ५ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आज मंगलबार छापावाल सुनको कारोबार मूल्य प्रति तोला १ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ। यसअघि, हिजो सोमबार छापावाल सुन प्रति तोला १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रति तोला ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका