जोडिनुहोस
  • होमपेज
  • पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो

पर्वत। हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व हरिशयनी एकादशीको अवसरमा शनिबार कालीगण्डकी नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ।

आषाढ शुक्ल एकादशीका दिनदेखि सुरु हुने चतुर्मास व्रतका अवसरमा पर्वतको मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक र वारीबेनीजस्ता धार्मिकस्थलमा बिहानैदेखि श्रद्धालुको भीड लागेको हो।

मोदी र कालीगण्डकी नदीको संगमस्थल मोदीवेणीधाममा भजनकीर्तनसहित विशेष कार्यक्रम आयोजना गरिएको छ। मुक्तिनाथबाट बग्ने र शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकीमा स्नान तथा नृसिंह मन्दिरमा पूजा गरे मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

सेतीवेणीमा पनि गुल्मी, स्याङ्जा, बागलुङ, पाल्पा, पर्वत र अर्घाखाँचीबाट आएका श्रद्धालुले स्नान गरेका छन्।

आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा तुलसीको मठमा तुलसी रोप्ने परम्परा अनुसार चतुर्मास व्रत सुरु गरिँदैछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help