जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • शान्दार मःम पसल ग्यास विस्फोट घटनाः थप एक घाइतेको मृत्यु

शान्दार मःम पसल ग्यास विस्फोट घटनाः थप एक घाइतेको मृत्यु

काठमाडौं। कमलपोखरीस्थित सानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुने तीन जना पुगेका छन् । शुक्रबार घाइते थप एक जनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् ।

अझै आठ जनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ ।

गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये ११ जनालाई अस्पताल लगिएको र तीन जना सामान्य घाइते भएका थिए । दुई जनाको यसअघि नै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विस्फोट हुँदा घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरू मःमः पसलकै कामदार हुन् ।