जोडिनुहोस
  • होमपेज
  • झुम्का कारागारमा सुरक्षा चुक्यो , १३ वर्ष सजाय पाएका खोटाङका रुपक खत्री फरार

झुम्का कारागारमा सुरक्षा चुक्यो , १३ वर्ष सजाय पाएका खोटाङका रुपक खत्री फरार

काठमाडौं । सुनसरीको झुम्का कारागारमा मंगलबार राति सुरक्षा व्यवस्थामा ठूलो चुक भएको छ। बलात्कार मुद्दामा सजाय भोगिरहेका २८ वर्षीय रुपक पौडेल खत्री पर्खाल नाघेर कारागारबाट फरार भएका छन्।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ निवासी खत्रीलाई ‘बी’ ब्लकमा राखिएको थियो। जेलर सुवासकुमार लामिछानेका अनुसार उनले रातको समयमा पर्खाल नाघेर भाग्ने योजना सफल पारेका हुन्।

सामूहिक बलात्कार प्रकरणमा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय सुनाएको थियो। उनी २०८१ साउन २१ गतेदेखि कारागारमा थिए।

घटनापछि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।