जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आगामी चैत २६ गते भृकुटीमण्डपमा आयोजना गर्न चाहेको आमसभा गर्न नदिने निर्णय गरेको छ।

यो निर्णय जिल्ला सुरक्षा समितिको सुझावको आधारमा गरिएको हो, जसका बारेमा प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनले आइतबार राप्रपालाई लेखेको पत्रमा उल्लेख छ।

प्रशासनका अनुसार, भृकुटीमण्डपमा शिक्षकको आन्दोलन र राष्ट्रिय जनमोर्चाका कार्यक्रम जस्ता पूर्व निर्धारित कार्यक्रमहरू चलिरहेको कारण सुरक्षा संवेदनशीलता उच्च रहेको बताइएको छ। त्यसैले सुरक्षा पक्षलाई ध्यानमा राखी यस्तो निर्णय लिइएको प्रशासनले जनाएको छ।

प्रशासनले राप्रपालाई सिफल या बल्खुमा कार्यक्रम गर्न सुझाएको छ ।

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
‎The Revenant Apple TV