जोडिनुहोस
  • होमपेज
  • कालो मास्कमा लगाएर शिक्षकहरु काठमाडौंमा प्रदर्शनमा

कालो मास्कमा लगाएर शिक्षकहरु काठमाडौंमा प्रदर्शनमा

काठमाडौं। आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी माग गर्दै कालो मास्को प्रयोग गरेर प्रदर्शन जारी राखेका छन् ।
काठमाडौं उपत्यकामा सोमबार कालो मास्क लगाएर शिक्षकहरुले प्रदर्शन गरेका हुन् ।

२० चैतदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आज माइतीघरदेखि बानेश्वरसम्म कालो मास्क लगाएर जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि कालो मास्क लगाएर मौन हुँदै सरकारको ध्यानाकर्षण गराएका हुन् । यसअघि शिक्षकहरू सडकमै सुतेर, सिटी फुकेर सडकबाट सरकारको ध्यानाकर्षण गर्दै आएका थिए ।

नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् । नेपाली कांग्रेसले सरकारलाई शिक्षकहरुको माग सम्बोधन गर्न आग्रह गरेको छ ।

धेरै टिप्पणी गरिएका