जोडिनुहोस
  • होमपेज
  • भारत पाकिस्तानको द्वन्द्व : चपेटामा नागरिक, तस्वीरहरू

भारत पाकिस्तानको द्वन्द्व : चपेटामा नागरिक, तस्वीरहरू

भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी आदानप्रदान गरेका छन्। नयाँदिल्लीले आफ्नो चिरप्रतिद्वन्द्वीमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आणविक–सशस्त्र दुई छिमेकीबीच ठूलो तनाव बढेको छ।

दुवै पक्षको मृत्यु भएको बताइएको छ। पाकिस्तानले भारतीय आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको र भारतले पाकिस्तानी तोप आक्रमणले विवादित काश्मीरको वास्तविक सीमामा तीन सर्वसाधारणको ज्यान गएको बताएको छ।

‘अहिलेसम्म आक्रमणमा २६ जना निर्दोष नागरिक मारिएका छन्’, पाकिस्तानी सैन्य प्रवक्ता अहमद सरिफ चौधरीले भने।

भारतीय सेनाले ‘न्याय पूरा भएको छ’ भनेको छ। नयाँदिल्लीले उसको कार्य ‘केन्द्रित, मापन गरिएको र गैर–विस्तारवादी प्रकृतिको छ’ भनेको छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो घरेलु लोकप्रियता ‘बढाउन’ आक्रमण गरेको आरोप लगाए तर इस्लामाबादले पनि जवाफी कारबाही गरेको बताए।

‘प्रतिकार पहिले नै सुरु भइसकेको छ’, आसिफले एएफपीलाई भने, ‘हामी हिसाब चुक्ता गर्न धेरै समय लिने छैनौँ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14