
काठमाण्डु – मुस्लिम धर्मावलम्बीले शनिबार बकर ईद धुमधामका साथ मनाइरहेका छन्। यस अवसरमा उनीहरूले विशेष नमाज पढ्दै शुभकामना आदान–प्रदान गरिरहेका छन्।
मुस्लिम धर्मावलम्बीको यो दोस्रो महान् पर्व हो । काठमाण्डुको घण्टाघरको काश्मीरी मस्जिदमा भेला भएर सामूहिक नमाज पढेका छन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।
हिजरी संवत्अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धार्मिक अगुवाहरू बताउँछन्। नमाज पढिसकेपछि घर-घरमा गई बलि दिने र एकापसमा शुभकामना आदान–प्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको छ।










































