जोडिनुहोस
  • होमपेज
  • अब बैंकमा पनि पूर्वयोग्यता परीक्षा

अब बैंकमा पनि पूर्वयोग्यता परीक्षा

लोक सेवा आयोगले सङ्गठित संस्थाको एकीकृत पूर्वयोग्यता परीक्षा आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने भएको छ । आगामी असोज महिनामा पथप्रदर्शी ‘पाइलट’ परीक्षाका रूपमा तीन वटा सङ्गठित संस्थाको एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन हुने छ ।

आयोगका प्रवक्ता गीताकुमारी होमेगाईंले एक पटक पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेपछि प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित सङ्गठित संस्थाबाट हुने सम्बन्धित सेवा, समूह, समूहका पद, श्रेणी वा तहमा दरखास्त पेस गर्नका लागि सम्भाव्य उम्मेदवार भई खुला प्रतियोगितात्मक विषयगत लिखित परीक्षा दिन पाउने योग्य हुने बताइन्।

पथप्रदर्शी एकीकृत पूर्वयोग्यता परीक्षा अन्तर्गत नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कको अप्राविधिकतर्फका सहायकस्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने छ । आयोगका उपसचिव एकनारायण शर्माका अनुसार तीन वटै संस्थाको पूर्वयोग्यता एकीकृत परीक्षाका लागि असोज पहिलो साता दरखास्त आह्वान गरिने छ ।

एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन सम्बन्धमा करिब तीन वर्षअघि सदस्य वीरबहादुर राईको संयोजनमा आयोगले अध्ययन गरेको थियो । सो अध्ययन कार्यदलको सिफारिसका आधारमा असार १९ गतेको बैठकले एकीकृत परीक्षा सञ्चालन गर्ने निर्णय गरेको आयोगका उपसचिव शर्माले जानकारी दिए ।

आयोगले साउन पहिलो साता वार्षिक कार्यतालिका प्रकाशन गर्ने छ । लोक सेवा आयोगको सहमति, स्वीकृतिमा हाल ७४ वटा सङ्गठित संस्थाले पदपूर्ति गर्दै आएका छन् । ७४ वटा संस्थामध्ये समान प्रकृतिका संस्थालाई नौ वटा ‘क्लस्टर’ मा विभाजन गरिएको छ । आयोगका अनुसार एउटै समूह ‘क्लस्टर’ मा रहेका सबै सङ्गठित संस्थाको दोस्रो चरणको परीक्षामा सम्भाव्य उम्मेदवार हुन पूर्वयोग्यता परीक्षा सञ्चालन हुने छ । गोरखापत्र दैनिकमा समाचार छ ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options