जोडिनुहोस
  • होमपेज
  • मन्त्रिमण्डल फेरबदलमा तिव्र गृहकार्य : कस्तो बन्दैछ पुनर्गगठित मन्त्रिपरिषद ?

मन्त्रिमण्डल फेरबदलमा तिव्र गृहकार्य : कस्तो बन्दैछ पुनर्गगठित मन्त्रिपरिषद ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्। सत्ता गठबन्धनका प्रमुख दलहरूसँग पछिल्ला दिनमा गरिएको छलफलपछि मन्त्री फेर्ने कार्य अगाडि बढाउन लागिएको हो। पुनर्गठनपछि परराष्ट्रमन्त्री आरजु राणा देउवा उपप्रधानमन्त्रीमा बढुवा हुने लगभग निश्चितजस्तै भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष अशोक राई र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग मन्त्रिपरिषद् पुनर्संरचनाबारे मोटामोटी सहमति जुटाइसकेका छन्। सत्ता साझेदारहरूसँग भएको अघिल्लो वर्षको सहमतिअनुसार मन्त्रीहरू फेरबदल गरिन लागिएको बताइएको छ। स्रोतका अनुसार आरजु राणा देउवा परराष्ट्र मन्त्रालयको जिम्मेवारी कायमै राख्दै उपप्रधानमन्त्रीमा बढुवा गरिने सम्भावना रहेको छ । यस्तै नेपाली कांग्रेसबाट गृहमन्त्रीको दौडमा किशोरसिंह राठोर, ज्ञानेन्द्रबहादुर कार्की र डा। प्रकाशशरण महत रहेका छन् ।

ज्ञानेन्द्र कार्कीले गृहमन्त्रीको जिम्मेवारी नपाए वैकल्पिक रूपमा सहरी विकासमन्त्री बन्ने सम्भावना रहेको छ । वीरबहादुर बलायरलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने तयारी। गगन थापा र शेखर कोइरालाको सिफारिसमा कांग्रेसका बाँकी मन्त्रालयमा उनीहरूले सिफारिस गरेका अनुहारहरूलाई अवसर हुनेछ । राज्यमन्त्रीहरूमध्येः रुपा विक (वन) र खमबहादुर गर्बुजा (ऊर्जा) लाई मन्त्रीमा बढुवा गर्ने तयारी।

जसपाबाट महिला तथा बालबालिका मन्त्री नवलकिशोर साह र खानेपानी मन्त्री प्रदीप यादवलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्जु झा लाई अगाडि सार्ने तयारी रहेको जनाइएको छ । यस्तै लोसपाबाट श्रममन्त्री शरत सिंह भण्डारीलाई हटाएर सर्वेन्द्रनाथ शुक्ला लाई पठाउने सम्भावना।

प्रधानमन्त्री ओलीले एमालेभित्रको गुटबन्दी सम्हाल्न युवा अनुहारहरूलाई मन्त्री बनाउने तयारी गरेका छन्। यसमार्फत उनले पार्टीभित्र आफ्नो पकड बलियो बनाउने संकेत देखिएको छ। आरजु राणा देउवाको युरोप भ्रमणबाट फर्किएलगत्तै मन्त्री फेरबदलको प्रक्रिया औपचारिक रूपमा सुरु हुने जनाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका