जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले सिन्धुपाल्चोकमा भोटेकोशीबाट थाल्यो प्रशिक्षण

कांग्रेसले सिन्धुपाल्चोकमा भोटेकोशीबाट थाल्यो प्रशिक्षण

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्तालाई जिल्लाको भोटेकोशी गाउँपालिकामा प्रशिक्षण दिइएको छ । सो क्रममा नेपाली कांग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखा प्रमुख दोर्जे लामाले कांग्रेसका नेता तथा कार्यकर्ताहरुको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण दिइएको जानकारी दिए ।

करीब १०० जना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य र नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री तथा केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य बलदेव तिमिल्सनाले प्रशिक्षण दिएका हुन् ।

नेता तिमिल्सनाका अनुसार स्थानीय नेता तथा कार्यकर्तालाई नेतृत्व विकास, कांग्रेसको इतिहास, सिद्धान्त, निति तथा कार्यक्रम र उद्धेश्यजस्ता विषयवस्तुमा प्रशिक्षण दिइएको थियो । जिल्लामै स्थानीयस्तरमा प्रशिक्षण हुँदै गर्दा जिल्लाभर उत्साह छाएको उनले बताए ।

भोटेकोशीबाट शुरु भएको यस प्रशिक्षण कार्यक्रम सम्पूर्ण स्थानीय तहभर गरिने र पालिकाले वडा तहमा लैजाने कार्ययोजना रहेको नीति अनुसन्धान तथा प्रशिक्षण सिन्धुपाल्चोक शाखाले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा कांग्रेस महासमिति सदस्य लिला नेपाल,भोटेकोशी गा।पा। प्रमुख पासाङ नोर्बु शेर्पा,नेपाल महिला संघ अध्यक्ष गीता नेपाल, नेपाल तरुण दल अध्यक्ष संजय लामा, ट्रेड युनियन कांग्रेसका उपमहासिव बल्देव तामाङ,कांग्रेस नेता देवी बुढाथोकी लगायतको उपस्थिति थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help