
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले दिउँसै टर्च बालेर मंगलबार (चैत २६) काठमाडौंमा प्रदर्शन गरेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारले ध्यान नदिएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर प्रदर्शन गरेका हुन् ।
विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षक काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी भएका छन् । मंगलबार उनीहरूले टर्च बालेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे ।
उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकका माग पूरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।
आफूहरूका माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने नेपाल शिक्षक महासंघले चेतावनी दिएको छ । प्रदर्शनकारीले ‘पुराना ऐन खारेज गर’, ‘नयाँ ऐन जारी गर’लगायत नारा लगाएका थिए । हिमालयन टेली भ्वाइस




































