जोडिनुहोस
  • होमपेज
  • निरन्जन अधिकारीको अध्यक्षतामा नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन

निरन्जन अधिकारीको अध्यक्षतामा नेपाल खेलकुद पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन

काठमाडौं, वैशाख २५ – नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफको २० औं वार्षिक साधारण सभाबाट निरन्जन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

आज सम्पन्न चुनावी साधारण सभामा अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा अधिकारीले प्रकाश तिमिल्सिनालाई पराजित गर्दै विजयी भए। महासचिवमा अन्जन खड्का निर्वाचित भए, उनले राजु घिसिङलाई हराए। सचिव पदमा अनिल मल्ल ठकुरी विजयी भए, उनले गोबिन्द राज नेपाललाई पराजित गरे।

प्रथम उपाध्यक्षमा प्रज्वल ओली निर्विरोध निर्वाचित भए। त्यस्तै, उपाध्यक्ष पदमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी पनि प्रतिस्पर्धाविना चयन भए। कोषाध्यक्षमा मुना कार्की र महिला सदस्यमा नमिता दाहाल निर्विरोध निर्वाचित भएका छन्।

सदस्य पदका लागि भएको प्रतिस्पर्धामा रमेश सुवेदी, कविरस शर्मा र अभिनव जोशी विजयी भए। सदस्य पदमा भुपेश उपाध्याय र विनय ज्योति सापकोटा भने पराजित भए। नवगठित कार्यसमितिले आगामी कार्यकालमा नेपाली खेलकुद पत्रकारिता क्षेत्रको सशक्तिकरणमा क्रियाशील हुने प्रतिबद्धता जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका