जोडिनुहोस
  • होमपेज
  • जेठ महिनामा भित्रियो पौने २ खर्ब रेमिट्यान्स

जेठ महिनामा भित्रियो पौने २ खर्ब रेमिट्यान्स

काठमाण्डु– विदेशबाट भित्रिने रेमिट्यान्स साढे १५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सावर्जजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थीती सम्बन्धी तथ्यांकले आर्थिक वर्ष (आव) २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७. २ प्रतिशतले बढ़ेको थियो । २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह १७६ अर्ब ३२ करोड़ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १२८ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५. २ प्रतिशतले बढ़ेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४४३ अर्ब १० करोड़ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तों सड़ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।

यस्तै शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ ।गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा थियो ।

आयातमा उल्लेख्य सुधार हुन नसक्दा र निर्यात बढेपछि शोधनान्तर बचत बढेको हो । चालु आव ११ महिनामा आयात १३ प्रतिशतले मात्र बढेको छ भने निर्यात ७७.८ प्रतिशतले बढेको छ ।

धेरै टिप्पणी गरिएका